विराटनगर । विराटनगरबाट लागुऔषधसहित प्रहरीले बुधबार(आज) बिहान एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१८ का ३१ वर्षीय दिवस लिम्बू रहेका छन् । जोगवनीबाट लागुऔषध लिएर को ४ प ६५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका लिम्बूलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शंका लागेर खानतसाली गर्दा साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन ५ सय ७६ ट्याब्लेट, नाइट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डीसी २ बोतल फेला परेको थियो । साथबाट लागुऔषध बरामद भएपछि लिम्बू पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय रानीमा राखेर लिम्बूमाथि थप अनुसन्धान अघि बढाइएको छ ।