फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय १६ माघ २०७९, सोमबार ०६:०७ मा प्रकाशित

काठमाडौंँ । फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढाव समेटिएको छ । फिल्मका निर्देशक कैलाश राई हुन् । २७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अरुण तामाङले निर्माण गरेका हुन् । 

फिल्ममा पुष्प, बर्षा र बुद्धि तामाङको अलवा रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दासलगायतको अभिनय रहेको छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।  

सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।