२०७८ साल माघ ६ गते बिहिबार

नेपाली काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ११:२६ मा प्रकाशित

इटहरी । नेपाली काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन् ।

सोमबार(आज) बिहान सम्पन्न मतगणनामा संस्थापन इतर प्यानलका भण्डारीले विजय हासिल गरेका हुन् । सुरुवात देखीनै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जय कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

कुल २६२६ मत मध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो । ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन् । श्रेष्ठ मनोनीत उसपभापती हुन् । 

भण्डारी सहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पङ्कज कुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्र कुमार शाह र इतर प्यानलका माधव कुमार घिसिङ निर्वाचित भएका हुन् । 

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्ग महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भएका हुन् ।