काठमाण्डौ । सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको छ। झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन्।
आतइबार(आज) धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा झडप भएको हो। जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेपछि प्रहरी टोली खुलाउन गएको थियो। प्रहरीले अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको हो।
झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । प्रहरीले बल प्रयोग गर्दा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया र बैजनाथ यादव घाइते भएको जनमत पार्टीले जनाएको छ।
राजमार्ग क्षेत्रमा तनाव जारी नै छ। स्थिति सामान्य बनाउने प्रयास भइरहेकोप्रहरीले जनाएको छ ।
जनमत पार्टीका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताइएको छ ।स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन गरिएको छ।