संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन

न्युजलय ३ असार २०८०, आइतबार ०६:०८ मा प्रकाशित

विराटनगर ।  संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् । 

शनिबार सम्पन्न मञ्चको प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

अध्यक्षमा चयन भएका लुइँटेल  यसअघि कार्यसमिति सचिव थिए । समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा ध्रुव भट्टराई र सहसचिव विनु तिम्सिना चयन भएकी छिन् भने राजु पौडेल, सुजाता लिम्बू, उत्तम पोखरेल, चिना थापा र कृष्ण बहाब कार्यसमितिको सदस्य चयन भएका छन् । 

प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरु मञ्चमा आबद्ध छन् ।

अधिवेशनको कोशी प्रदेशका सभामुख बाबुराम गौतमले उद्घाटन् गरेका गरेका थिए । कार्यक्रममा उपसभामुख सृजना दनुवार, कोशी प्रदेश सभामा सहभागी दलका प्रमुख सचेतक तथा सांसदहरु सहभागी थिए ।