घट्यो सुनचाँदीको भाउ

न्युजलय २२ पुस २०७८, बिहिबार ११:५३ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार हुने भएको हो ।

जसअनुसार आज छापावाल सुनको भाउ ९२ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ यसअघि ९२ हजार ३०० रहेकोमा आज ९१ हजार ८०० रुपैयाँ रहेको छ । 

त्यस्तै, चाँदीको मूल्यमा भने एकैपटक २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २३५ रुपैयाँमा कारोबार हुने भएको छ ।