काठमाडौँ । सोमबार(आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९७ हजार रुपैयाँ रहेको छ ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।