रकस्टार तामाङको गरियो अन्तिम संस्कार

न्युजलय २४ असार २०८०, आइतबार ११:३४ मा प्रकाशित

काठमाडौँ । गत मंगलबार निधन भएका चर्चित नेपाली रकस्टार एवम् अभिनेता रविन तामाङको आइतबार(आज) दाहसंस्कार गरिएको छ।

तामाङको अन्तिम संस्कार आज स्वयम्भुमा गरिएको हो। अन्तिम संस्कारमा विभिन्न कलाकार, आफन्त तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अन्तिम संस्कार गर्नुअगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा, नक्सालमा राखिएको थियो।

तामाङ गत मंगलबार बेलुका बूढानीलकण्ठस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए।

द रिभोलुसन ब्याण्डका भोकलिस्टसमेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए। रविनको पछिल्लो फिल्म ‘छड्के–२’ हो। नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ।