सुनको भाउ घट्यो

न्युजलय २४ पुस २०८२, बिहिबार ११:३० मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ६५ हजार सात सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा एक सय रुपैयाँले घटेर चार हजार आठ सय ३५ रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी हालसम्मकै उच्च बिन्दु चार हजार नौ सय ३५ रुपैयाँमा पुगेको थियो।