चलचित्र सम्पादक किरण अधिकारीको निधन

न्युजलय २० असार २०७९, सोमबार ०९:५६ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो । अधिकारीको निधनको जानकारी छायाँकार रवि कोइरालाले दिएका हुन् ।

 

कोइरालका अनुसार उनलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए । 


‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।