माया घरमा सुभद्राको नेतृत्वमा नयाँ समिती

न्युजलय २६ जेठ २०८०, शुक्रबार ०५:३४ मा प्रकाशित

इटहरी । इटहरी–२ स्थित मायाघर नेपालले बिहीबार दोस्रो विशेष साधारण सभा सम्पन्न गरेको छ । 

इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न सभाले संस्थामा नयाँ कार्य समिति चयन गरेको छ । सभाले संस्थाकि निवर्तमान सचिव सुभद्रा प्याकुरेल अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा २ जना राधिका थापा , सुशीला सिटौला निर्वाचित भएका छन् । त्यस्तै सचिव  सुमी थापा , सह–सचिव  योशा गुरागाइ , कोषाध्यक्ष  लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विस्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी९खनाल०,अजित सुवेदी , रिता मिश्र सुवेदी निर्वाचित भएका छन् ।

कार्य व्यस्तताका कारण संस्थालाई समय दिन नसकेको बताउँदै नेतृत्व अरूलाई सुम्पेको तर संस्थापक भने आफै स्वयम रहने निवर्तमान अध्यक्ष राधिका दाशीले बताइन् । 

यसैबिच विशेष साधारण सभाकै अवसर पारेर माया घर नेपालले संस्थाको गतिविधिहरूलाई समेटेर तयार पारेको म्युजिक भिडियो पनि सार्वजनिक गरेको थियो । करिब ८ मिनेटको म्युजिक भिडियोमा हृदय विदारक दृश्यहरू देखाइको छ । सडकमा रहेका मानिसहरूलाई उद्धार गर्दा संस्थाले झेल्नु परेको कठिनाइ उक्त भिडियोमा देखाइएको छ भने जीवनको महत्त्व बारे पनि देखाइएको छ ।