बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ।
बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका ४ राजीपुरका ६२ वर्षिय कालुराम थारुको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
आइतबार अपरान्ह घरनजिकै भैंसी चराउन गएका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलले बताए।
अहिले निकुञ्जको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको उनले बताए। घटना भएको क्षेत्र निकुञ्ज अन्तर्गतको बफरजोनमा पर्छ।