धरानमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

न्युजलय २२ मङ्सिर २०८२, आइतबार ०६:३७ मा प्रकाशित

धरान । धरानमा पिकअ दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

धरान –१३ शिवधारा नजिक शनिवार साँझ धनकुटाबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश–१–०२–०० च ३८२६ नम्बरको पिकअप ब्रेक आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान भइसकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

सबै घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।