काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले वृद्धि भएको हो ।
बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आज लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, बुधबार एक हजार ९ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ ।