खोटाङ । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–३, च्यास्मिटार दाल्फुमा सडक मर्मतका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ७१ वर्षीय बलबहादुर राईको ज्यान गएको हो ।
बिहीबार जेसीबी सञ्चालनको क्रममा ढुंगा सडकमा झर्दा उनी ठोक्किएर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दुर्घटनामा संलग्न जेसीबी र चालक २६ वर्षीय केवल मगरलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको छ।