विराटनगर । मोरङको विराटनगरमा एटीएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन् ।
आइतबार राती साढे ९ बजे एटीएम मेसिन तोड फोड भइरहेको भन्ने सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि।आर।भि। पोष्ट भट्टाचोकबाट खटिएको प्रहरी टोलीले कालिकोटेलाई पक्राउ गरेको हो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।