मेष । दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीले समस्याहरु सुल्झिनेछन्। रोजगारीलाई लिएर समस्या आउनेछ सचेत रहनुहोला । साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष । आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्याउने कोसिस गर्नेछन्। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट । घरपरिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। वित्तीय वा सहकारी संस्था आदिमा ऋण आदिको प्रक्रियामा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह । कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कबाट रोकिएको काम बनाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
कन्या । नँया योजना प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा हजुरको बोली प्रभावशाली रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
तुला । आत्मविश्वासमा वृद्धि हुनेछ साथै धैर्य वा पराक्रमको साथ काम गर्नुहोस् सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावित रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक । कार्यक्षेत्रमा अरुको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचको साथ योजनाहरू बनाउनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
धनु । तारिफ योग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ रहनेछ ्र आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर । नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ । मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मीन । सन्तान र आफन्तहरुबाट भनेजस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
स्रोत हाम्रोपात्रो