घट्यो सुनचाँदीको मूल्य

न्युजलय २३ जेठ २०८१, बुधबार ११:२२ मा प्रकाशित

काठमाडौँ ।  आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।