झापा । झापाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
दमक नगरपालिका–४ अडिया महलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।