काठमाडौं । महापुरुष टिमसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देउसी खेलेका छन् ।
कलाकार हरिवंश लगायत महापुरुष टिमसँग मेयर बालेन र फेसबुक ग्रुप एमआरआरका सदस्यहरू देउसीमा सहभागी थिए ।
बालेनले ‘एउटा पत्रकार यहाँ छ । सधैं खन्ने मेरो खेदो, तर झुक्क्याएर हरि दाइकोमा आज भेट भो’, कति राम्रो राम्रो गीत यहाँ गाइयो, दुःख लाग्छ साथी हो आफ्नै साथीको रेस्टुरेन्ट भत्काइयो’ भन्दै देउसी भट्ट्याएका थिए ।
हरिवंशले व्यंग्य गर्दै भने, ' मेयर बालेनले काठमाडौंमा जति पाए भोट, मैले त्यो भन्दा नि बढी राखिदिएको छु नोट ।'