काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ५५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।