आज ३ भाद्र २०८२ मंगलवारको राशिफल

न्युजलय ३ भदौ २०८२, मङ्गलबार ११:५७ मा प्रकाशित

मेष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। माननीय जनहरूको सहयोग लक्ष्य प्राप्तिमा सहायक हुनेछ। परिवारमा साना भाइबहिनीहरूबाट सहायता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

वृष । आफन्तजनहरूको सहयोग मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। नमागि अरुलाई सल्लाह नदिनुहोस्। आर्थिक स्थितिलाई ध्यानमा राखेर खर्च गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । सबैतिरबाट भनेजस्तो साथ पाइनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कुनै कुराले गर्दा मनमा चिन्ता रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कर्कट । कार्यक्षेत्रमा आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। रोजगारमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेक‍ो छ।

सिंह । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेको काममा परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले मनमा उत्साह जगाउनेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या । नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा हजुरले गरेको कार्यको तारिफ हुनेछ। नयाँ नोकरी पाउने अवसर जुट्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला । धर्मकर्ममा मन जानेछ। साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्ला। युवा वर्गहरूलाई करियरमा नयाँ अवसर प्राप्त हुनेछ। कार्यप्रति ईमान्दार रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । आकस्मिक धनलाभका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्ताउन सक्ला। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु । धर्मकर्ममा मन लाग्नेछ। रुचिको कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ। मित्रको सहयोगले बिग्रेको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मकर । आनन्दको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। प्रतिष्ठित कामले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक विषयवस्तुमा आफन्तहरूको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ । घरपरिवारमा प्रेम र स्नेहको भावना जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विशेष गरी सृजनात्मक क्षेत्रमा सफलता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेक‍ो छ।

मीन । कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिले पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

स्रोत हाम्रोपात्रो