भारतको बिहारमा बेचिएका दुईजना किशोरीको उद्दार

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ११:४९ मा प्रकाशित

काठमाण्डौ । भारतमा बेचिएका दुईजना नेपाली किशोरी र उनीहरुका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरेको छ । 

माइती नेपाल र भारतीय प्रहरीसँग समन्वय गरेर बिहारबाट १८ र १९ वर्षीया किशोरीलाई उद्दार गरिएको बताइएको छ ।

विवाह र पार्टीमा देखाइने नाच ‘अर्केष्टा’मा काम लगाउने भनेर उनीहरुलाई मानव तस्करले दुई वर्षअघि झापाबाट भारत लगेका थिए ।

१८ वर्षीया किशोरीको साढे २ वर्षका छोरा र १९ वर्षीया किशोरीको साढे ३ वर्षीया छोरीलाई पनि उद्दार गरिएको बताइएको छ ।

भारतको बिहार स्थित छौंडादानोमा कोठामा मोवाइल प्रयोग गर्न नदिएर राखेको अवस्थामा उनीहरुलाई मुद्दा गरेर वीरगञ्ज ल्याइएको छ । उनिहरुलाई बेच्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।