उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ वसन्त पञ्चमी सामुदायिक वनमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान सुकेको सालको रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर स्थानीय ४२ वर्षीया नमिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनालगत्तै सँगै दाउरा काट्न गएका छिमेकीले उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।