मेष । आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।
वृष । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।
मिथुन । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट । आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
सिंह । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।
कन्या । आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
तुला । आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।
वृश्चिक । आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
धनु । आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
मकर । आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।
मीन । आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।