घट्यो सुनको मूल्य

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ११:०९ मा प्रकाशित

काठमाण्डौ । मंगलबार (आज) सुनको मूल्य घटेको छ । 

आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।