काठमाडौं । टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ ।
६९ वटा श्रृंखला प्रशारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले जानकारी दिए ।
चार महिनापछि पुरानै टिम आउने तर थप परिस्कृत र परिमार्जित भएर आउने भण्डारीले बताए ।
‘कमेडी क्लब विथ च्याम्पियन’ चार महिनाका लागि बन्द हुनुको मुख्य कारण भने स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हो । ‘कमेडी च्याम्पियन’ को सिजन–३ चाँडै प्रशारणको तयारीमा रहेको छ ।
यसलाई समय दिनु पर्ने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको विशाल बताउँछन् ।
कमेडी च्याम्पियन’ सिजन–३ असोजबाट प्रशारण हुँदै छ । डिजिटल अडिसन लिइसकेको निर्माण पक्षले अहिले फिजिकल अडिसनको तयारी गरिरहेको छ ।