घट्यो सुनको मूल्य

न्युजलय १३ असार २०८०, बुधबार ११:२० मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेको छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको भाउ स्थिर रहेको छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोवार भइरहेको छ।