काठमाण्डौ । आइतबार(आज) सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।
तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।