बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १७ पुस २०८०, मङ्गलबार ११:४४ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।