घट्यो सुनचाँदीको भाउ

न्युजलय १६ साउन २०८२, बिहिबार ११:५४ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।