आजको सुनचाँदीको भाउ

न्युजलय १९ फाल्गुण २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर छ।

नेपाली सुनचाँदी व्यवसायीका अुनसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।  

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।