सुनसरी । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले बराहक्षेत्रमा नगर कमिटी गठन गरेको छ । अजित गुरुङको अध्यक्षतामा ६२ सदस्यीय कमिटी गठन गरेको जिल्ला इन्चार्ज सोम राईले जानकारी दिए ।
नवगठित कमिटीमा गुरुङसहित उपाध्यक्ष सरोज राजधामी, सचिव सुवास खत्री, सहसचिव संजोग लिम्बू र कोषाध्यक्ष निष्मा बस्नेत रहेका छन् ।
कमिटीलाई केन्द्रीय परिषद सदस्य लक्ष्मण चौधरी र नगर अध्यक्ष चन्द्र मगरले शुभकामना दिएका छन् ।
सुनसरी जिल्ला सचिवालय सदस्य एवम् युवा संघ नेपाल जिल्ला इन्चार्ज सोम राईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एस सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला रहेका थिए ।