होटल तथा लज व्यवशायी समितिको अध्यक्षमा पुनः उमानाथ दाहाल

न्युजलय ५ चैत २०८०, सोमबार ०८:३५ मा प्रकाशित

इटहरी । होटल तथा लज व्यवशायी समितिको दशौं अधिवेशनले अध्यक्षमा उमानाथ दाहाल (उमेश) लाई पुनः निर्वाचित गरेको छ । 


सोमबार इटहरीको तालतलैयामा आयोजित २७ औ वार्षिक साधारणसभा तथा दशौं अधिवेशनबाट चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक पोख्रेल चयन भएका छन् भने उपाध्यक्षमा धनमाया श्रेष्ठ र राजन बस्नेत छन् । यसैगरी महासचिवमा सन्तोष श्रेष्ठ चयन भएका छन् । २१ सदस्यीय कार्यसमिति बनेको हो ।


नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरको प्रमुख आतिथ्य तथा होटल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष देवी गौतम रविनको विशिष्ट आतिथ्यमा सम्पन्न साधारणसभामा बोर्डका प्रबन्धक उदयराज भट्टराई र उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारी सदस्य भविषकुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।