पल शाहको मुध्दाको सुनुवाई आज पनि स्थगित

न्युजलय ८ भदौ २०७९, बुधबार ०४:४९ मा प्रकाशित

काठमाण्डौ । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुध्दाको सुनुवाई बुधबार (आज) स्थगित भएको छ । 

नवलपुर जिल्ला अदालतमा आजका लागि तोकिएको पेशी सुनुवाई नभई स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा सुनुवाईका लागि मुद्दा पेशीमा चढेको थियो ।