मदिरा पिएर कुटपिटमा उत्रिएपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

न्युजलय ३ फाल्गुण २०७९, बुधबार ०३:१२ मा प्रकाशित

काठमाडौं । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ परेका छन्।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो।

उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले बताए। उनीहरुले बेलबारीका एक युवालाई कुटपिट गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ। पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताइएको छ ।