घोडेटार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हतुवागढी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशन नेकपा माओवादी केन्द्र भोजपुरको सह-इन्चार्ज तथा प्रदेश सदस्य राजेश खतिवडाको प्रमुख आतिथ्यतामा शनिबार घोडेटारमा सम्पन्न भएको हो ।
अधिवेशनबाट श्याम हाङखिम राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
सम्पूर्ण कमिटीका पदाधिकारी सर्वसहमतीमा चयन गरिएको माओवादी नेता विश्वजित चाम्लिङले जानकारी दिए ।
नवनिर्वाचित कमिटीको अध्यक्षमा श्याम हाङखिम राई, उपाध्यक्षमा राम बहादुर सामपाङ राई, रुद्र राई, सीता राई रहेका छन् ।
त्यस्तै सचीवमा ज्योतिहाङ राई र कोषाध्यक्षमा चित्रबहादुर राई चयन भएका छन् ।
सह(सचीव पद आगामी बैठकले पूर्णता दिने गरि खाली रहेको माओवादी नेता तथा हतुवागढी-८ का निर्वाचित वडाध्यक्ष प्रविण कुमार राईले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथि तथा माओवादी केन्द्र प्रदेश सदस्य निर्माण किराती, सहिद परिवारको तर्फबाट शन्तविर राई, जमानसिंह किराती, नेकपा माओवादी हतुवागढी(१ का अध्यक्ष रमेश वि.क, नेकपा माओवादी हतुवागढी इन्चार्ज सुनिता किराती लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तिलक बस्नेतको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्य स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।