फिल्म‘पासो’को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)

न्युजलय ८ जेठ २०७९, आइतबार ०१:२९ मा प्रकाशित

काठमाडौं । आरबी पुनको निर्देशनमा बनेको फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शनिबार सार्वजनिक गरिएको हो। 

महिला हिंसा र त्यसपछिको बदलाको कथा समेटिएको यो फिल्मलाई निर्देशक पुनले नै लेखेका छन्। फिल्ममा मुख्य भूमिकामा देखिएकी रिस्ता महिला हिंसाको पीडित भएको र त्यसपछि बदला लिँदाको कथालाई देखाइएको छ।

फिल्ममा रिस्तासँगै सुनिषा बजगाई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय रहेको छ। फिल्ममा सूर्य दयालीले संगीत दिएका छन् भने अञ्जु पन्त र प्रविण भेडवालले फिल्मका गीत गाएका छन्। 

निर्देशक पुनकै कथा, पटकथा र संवाद रहेको फिल्मलाई भगवान भुजेलको लगानीमा निर्माण गरेका छन्। फिल्मको सिनेमेटोग्राफी उत्तम हुमागाईंको रहेको छ । फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन र रेनिस फागोको रंग संयोजन रहेको छ ।