खोटाङ । खोटाङको हलेशी महादेवको मन्दिरबाट एक चिनियाँ नागरिक पक्राउ परेकी छिन ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान क्षेत्रमा गैरकानुनीरुपमा बसोबास गर्दै आएकी जियायो जियायीन नामकी चिनियाँ महिला पक्राउ परेकी हुन् ।
इलाका प्रहरी कार्यालय हलेसीले अवैधरुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनियाँ महिलालाई पक्राउ गरेको जनाएको छ ।
महिलालाई काठमाडौं पठाइएको जिल्ला प्रहरीले बताएको छ ।