सुनको मूल्य घट्यो

न्युजलय २६ जेठ २०८२, आइतबार ११:१७ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो । 

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० मा कारोबार भएको थियो । 

आज  चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।