सुनको मूल्य आकाशियो

न्युजलय ८ माघ २०८२, बुधबार ११:१२ मा प्रकाशित

काठमाडौँ । सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैपटक १० हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९२० रुपैयाँ पुगेको छ ।