आजको सुनचाँदीको मूल्य

न्युजलय २५ पुस २०७८, आइतबार ११:३० मा प्रकाशित

काठमाडौँ । आइतबार (आज) सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।

महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ ।