बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु

न्युजलय २८ माघ २०८०, आइतबार ०२:१५ मा प्रकाशित

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ ।

गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।

साथै विद्यार्थीहरू पनि पढाइ सुचारुको माग गर्दै रिले अनसनमा बसेका थिए । यसबिच विभिन्न वार्ता छलफल भएपनि समस्या समाधान हुन सकेको थिएन । 

गत २४ गते उच्च अदालत, विराटनगरले बिपी प्रतिष्ठानको रोकिएको अन्तरवार्ता सुचारु गर्न कुनै वाधा नरहेको भनी अन्तरिम आदेश जारी गरेपछि बिपी प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त सङ्घर्ष समितिबिच शनिबार ६ बुँदे सहमति भई भद्र अवज्ञा आन्दोलन स्थगित गरेको हो ।