बढ्यो सुनको मूल्य

न्युजलय १८ चैत २०७८, शुक्रबार ११:४६ मा प्रकाशित

काठमाडौं । शुक्रबार (आज)  सुन तोलामा ८ सय रुपैयाँले बढेको छ। 

बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।