काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार(आज) तोलामा १०० रूपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ४९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।