फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय १० माघ २०७९, मङ्गलबार ०६:२३ मा प्रकाशित

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा पारिवारिक असमझदारीले ल्याउने उतारचढावलाई देखाइएको छ। विपिन कार्की र अरुणा कार्की दम्पतीको भूमिकामा देखिएका छन्। 

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ।

फिल्ममा विपिन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय रहेको छ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको फिल्ममा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्। जोश हेरुमले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुनेछ।