ध्यान शिविरमा बस्न नेपाल आइपुगे आमिर खान

न्युजलय २४ बैशाख २०८०, आइतबार ०२:२२ मा प्रकाशित

काठमाडौ । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । नेपालमा ११ दिन लामो ध्यान साधनाका लागि उनी नेपाल आइपुगेका हुन् । 

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका थिए ।

बलिउडमा आमिरको फरक छाप र छवि छ । उनले कैयौँ हिट फिल्म खेलेका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो ।