काठमाडौं । फिल्म ‘प्रेमगीत ३‘ को नेपाली र हिन्दी भाषामा टिजर एकैचोटि सार्वजनिक गरिएको छ।
शनिबार(आज) दुवै भाषामा टिजर सार्वजनिक गरिएको हो। फिल्म असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
फिल्म असोज ७ गते देखि प्रदर्शनमा आउने भएको छ ।