ग्यास बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता

न्युजलय २३ मङ्सिर २०८१, आइतबार १२:४२ मा प्रकाशित

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ बेनीघाट रोराङ गाउँपालिका–२ स्थित कृष्णभीरबाट आज  बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । 

श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बुलेटका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।