इटहरी । आकाश इन्सिच्युट इटहरीले उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीहरुको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जापानको fukuoka foreign language college का प्रिन्सिपल हितोसी ईवामोतोको उपस्थितिमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
हाल इटहरीस्थित आकाश इन्सिच्युटमा जापानिज भाषा सिक्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै अहिले समसामयिक अवस्था बारे विद्यार्थीको जिज्ञासा सहित नेपालबाट जापान अध्ययन गर्न जान चाहिने न्युनतम योग्यता सहित समग्र जापानको शैक्षिक प्रणाली र त्यहाँको भाषा कला र संस्कृतिको बारेमा छलफल गरिएको थियो ।
आगामी २०२४ को अप्रिल इन्टेकमा उक्त कलेजमा इच्छुक विद्यार्थीहरुले आवेदन पेश गर्न सक्ने र गएर पढ्न सक्ने इन्सिच्युटका कार्यकारी सञ्चालक गोपाल निरौलाले बताए ।